२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री बालेन शाहको 'रोडम्याप': बेथिति चिर्ने साहस र पार्टीभित्रको अटुट विश्वासको आवश्यकता

शुक्रवार , बैशाख २५, २०८३


सरोज मिश्र / काठमाडौं । आजको नेपाली राजनीतिक परिवेशमा आम नागरिकहरू राजनीतिप्रति आशावादी भन्दा बढी निराश देखिन्छन् । विगतका धेरै अनुभवहरूले जनतामा राजनीतिक नेतृत्वप्रति अविश्वासको भावना जन्माएको छ। तर यस्तै परिस्थितिमा वर्तमान प्रधानमन्त्रीको काम, व्यवहार र कार्यशैलीले धेरै नागरिकहरूमा केही आशा जगाएको अनुभूति गर्न सकिन्छ । व्यक्तिगत रूपमा एक जिम्मेवार नागरिकको हैसियतले हेर्दा, वर्तमान प्रधानमन्त्रीको कामकारबाही मलाई सकारात्मक लागेको छ । यसको मुख्य कारण उहाँको नियत, स्पष्ट सोच र मुलुकमा व्याप्त बेथितिहरू हटाउने दृढ इच्छाशक्ति हो ।

राजनीतिमा सबैभन्दा महत्वपूर्ण कुरा केवल भाषण वा लोकप्रियता होइन, नेतृत्वको नियत हो । जब नेतृत्वको नियत सफा हुन्छ, तब कठिन परिस्थितिमा पनि जनताले साथ दिन्छन् । वर्तमान प्रधानमन्त्रीको कार्यशैलीमा देखिएको इमान्दार प्रयास, सुशासनप्रतिको प्रतिबद्धता र भ्रष्टाचार तथा अनियमितताविरुद्धको स्पष्ट धारणा नै उहाँको सबैभन्दा ठूलो शक्ति बनेको छ । देशमा लामो समयदेखि जरा गाडेर बसेका विकृति, ढिलासुस्ती, राजनीतिक संरक्षणवाद र प्रशासनिक बेथितिहरू हटाउन सजिलो छैन। तर कम्तीमा समस्या कहाँ छ भन्ने पहिचान गर्दै त्यसको समाधानतर्फ अघि बढ्ने प्रयास हुनु आफैंमा सकारात्मक पक्ष हो ।

विशेषगरी युवापुस्तामा राजनीतिप्रति फेरि चासो र आशा जगाउने काममा उहाँको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन। परिवर्तन केवल नाराले सम्भव हुँदैन, त्यसका लागि स्पष्ट रोडम्याप, इच्छाशक्ति र निरन्तरता आवश्यक हुन्छ। वर्तमान प्रधानमन्त्रीले मुलुकलाई सही दिशामा अघि बढाउन आवश्यक आधार निर्माण गर्ने प्रयास गरिरहनुभएको अनुभूति धेरै नागरिकहरूले गरिरहेका छन् ।

यद्यपि, कुनै पनि नेतृत्व एक्लैले सफल हुन सक्दैन। त्यसका लागि पार्टीभित्रको एकता, अनुशासन र साझा लक्ष्यप्रतिको प्रतिबद्धता अत्यन्त आवश्यक हुन्छ। त्यसैले मेरो हार्दिक कामना छ कि रास्वपा पार्टीभित्र सम्माननीय प्रधानमन्त्रीप्रतिको विश्वास अझ मजबुत रहोस्। व्यक्तिगत स्वार्थ, आन्तरिक विवाद वा बिचलनका कारण पार्टी कमजोर नबनोस् । जनताले परिवर्तनको आशा राखेर दिएको विश्वासलाई जोगाउनु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो ।

यदि पार्टी एकताबद्ध रह्यो, नेतृत्वको नियत यही प्रकारले सफा रहिरह्यो र सुशासनको अभियान निरन्तर अगाडि बढ्यो भने नेपाली राजनीतिमा नयाँ अध्याय सुरु हुन सक्छ । देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्ने नेतृत्वलाई समयले अवश्य पनि सकारात्मक मूल्यांकन गर्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ