२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो ५ लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

यो हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5 भन्दा करिब २ लाख र्‍यान्ड कम मूल्यमा उपलब्ध छ।

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङको नामी 06 E1 इलेक्ट्रिक एसयूभी देशको अहिलेसम्मकै सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभीका रूपमा दक्षिण अफ्रिकामा भित्रिएको छ। दक्षिण अफ्रिकामा आएको यो मोडल केही अन्य बजारमा भने भिगो नामले पनि परिचित छ। ब्रान्डको यो तेस्रो मोडल हो भने यसअघि बक्स ह्याचब्याक र 007 प्रिमियम सेडान बजारमा आइसकेका छन्।

यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ। दुवैमा १२० किलोवाट क्षमताको फ्रन्ट-माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क रहेको छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड लाग्ने बनाउँछ। यसको सुरुवाती मूल्य ४ लाख ९९ हजार र्‍यान्ड तोकिएको छ, जुन हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5 भन्दा २ लाख र्‍यान्ड कम हो।

नामी 06 E1 मा ४४.९४ किलोवाट प्रतिघण्टा क्षमताको लिथियम-आइरन-फस्फेट ब्याट्री दिइएको छ। चिनियाँ परीक्षण मापदण्ड अनुसार यसले एक पटकको चार्जमा ४०१ किलोमिटरसम्म रेन्ज दिन्छ भने विश्वव्यापी रूपमा प्रचलित WLTP मापदण्ड अनुसार करिब ३०० किलोमिटरको रेन्ज उपलब्ध गराउँछ। 

यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्छ।

उच्च स्पेसिफिकेसन भएको E3 मोडलको मूल्य ५ लाख ७९ हजार र्‍यान्ड रहेको छ। यसमा ५१.८७ किलोवाट प्रतिघण्टा क्षमताको ठूलो ब्याट्री दिइएको छ, जसले रेन्जलाई ४७१ किलोमिटर (CLTC) वा WLTP मापदण्ड अनुसार करिब ३५० किलोमिटरसम्म पुर्‍याउँछ। यसमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १८ मिनेट मात्र लाग्छ। एसी चार्जिङका लागि भने यसले ६.६ किलोवाटसम्म सपोर्ट गर्छ।

यो एसयूभीमा १२.८ इन्चको सेन्टर इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६-स्पिकर अडियो सिस्टम, ५० वाट वायरलेस फोन चार्जर, रियर-भ्यु क्यामेरा, पार्किङ सेन्सर, कर्टेन एयरब्यागसहित ६ वटा एयरब्याग, अटोमेटिक एयर कन्डिसनिङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेदरेट सिट, हिल-स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, ट्र्याक्सन कन्ट्रोल तथा ५०० लिटर बुट स्पेसजस्ता सुविधाहरू रहेका छन्।

नामी 06 E1 कालो, सेतो, सिल्भर, सुन्तला र हरियो गरी पाँच रंगहरूमा उपलब्ध छ। ग्राहकले आफ्नो रुचि अनुसारको रंग छनोट गर्न सक्नेछन्।

डोङफेङ दक्षिण अफ्रिकामा धेरै परिचित चिनियाँ ब्रान्ड नभए पनि यो चीनका चार ठूला सरकारी स्वामित्वका अटो कम्पनीमध्ये एक हो। कम्पनीले हालै निसानसँग संयुक्त साझेदारी गरेको छ, जसले अन्तर्राष्ट्रिय बजार र कार पारखीहरूमा यसको विश्वसनीयता अझ बढाउने अपेक्षा गरिएको छ।

पेट्रोल र डिजेलको मूल्य बढ्दै जाँदा दक्षिण अफ्रिकासहित विश्वभर विद्युतीय सवारीसाधनप्रति पुन: आकर्षण बढिरहेको छ। पछिल्ला केही वर्षमा दक्षिण अफ्रिकामा कारका विभिन्न विद्युतीय मोडलहरू आए पनि सर्वसाधारणले सहज रूपमा किन्न सक्ने मूल्यमा आएको यो पहिलो मोडल हो। अब प्रयोगकर्ताले केवल लोडशेडिंग नहोस् भन्ने आशा गरे मात्र पुग्ने भएको छ।

कम खर्चमै विद्युतीय सवारी प्रयोग गर्न सकिने सन्देश दिने डोंगफेंग नामी 06 E1 दक्षिण अफ्रिकाको ईभी बजारले प्रतिक्षा गरेको बजेटमैत्री विकल्प बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ