२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी : पानीको अनौठो संगम, उर्लियो भीड

आइतवार , जेठ ३, २०८३

गैँडाकोट ।  नवलपुरको गैँडाकोट–११ हर्कपुरस्थित होटल इला कम्फर्टको वातावरण सामान्य थिएन । स्विमिङ पुल वरिपरि बजिरहेका आधुनिक गीत, रंगीन बत्तीको चमक, पानीका छाल र युवाहरूको उल्लासले होटल परिसरलाई एकाएक उत्सवमय बनाइदिएको थियो ।

“सटर्डे पुल पार्टी” नाम दिइएको कार्यक्रममा सहभागीहरू संगीतको तालमा खुलेर रमाइरहेका थिए । कसैले पानीमै नाच्दै खुशी साटिरहेका थिए भने कोही साथीभाइसँग हाँसो बाँड्दै त्यो क्षणलाई सम्झनलायक बनाइरहेका थिए । झरीले बीचमै कार्यक्रमलाई चुनौती दिए पनि त्यसले रमाइलोपन रोक्न सकेन । बरु पानीका थोपा र संगीतको धुन मिसिँदा वातावरण अझ मोहक बनेको देखिन्थ्यो ।

झरी परिरहँदा पनि पुल परिसर खाली भएन । बच्चादेखि वयस्कसम्म सबै आ–आफ्नै शैलीमा रमाइरहेका थिए । कतिपयका लागि त्यो केवल पार्टी थिएन, व्यस्त जीवनबाट केही घण्टा स्वतन्त्र भएर बाँच्ने अवसरजस्तै बनेको थियो ।

होटलका जनरल म्यानेजर जनरल म्यानेजर प्रदीप किरण न्यौपानेका अनुसार कार्यक्रममा ७ सयभन्दा बढीको सहभागिता रहेको थियो । “झरीले केही समय व्यवस्थापनमा कठिनाइ थप्यो, तर सहभागीहरूको ऊर्जा र उत्साहले कार्यक्रम झन् जीवन्त बनायो,” उनले भने ।

681199098_1437824311700040_1379459310620537221_n.jpg

आइएमई ग्रुपअन्तर्गतको इला हस्पिटालिटीले आयोजना गरेको उक्त कार्यक्रम केवल मनोरञ्जनका लागि मात्रै नभई नयाँ जीवनशैली अनुभव गराउने र स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको जनाइएको छ ।

कार्यक्रम संयोजक निशान कडेँलले पछिल्लो समय युवापुस्तामा अनुभवमा आधारित मनोरञ्जन र पर्यटनप्रतिको आकर्षण बढ्दै गएको बताए । “संगीत, आराम, संस्कृति र सुरक्षित वातावरणलाई एउटै थलोमा जोड्ने प्रयास गरेका हौँ,” उनले भने ।

शनिबारको त्यो साँझ इला कम्फर्टमा केवल संगीत बजिरहेको थिएन, त्यहाँ युवाहरूले जीवनको उत्साह, स्वतन्त्रताको अनुभूति र खुशीका केही अविस्मरणीय पलहरू बटुलिरहेका थिए ।

682687641_896213516822016_5939132944673160112_n.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ