२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेष्ठ ९ गते दरबारमार्गमा ‘एक्सट्रीम स्याटर्डे’ : १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभलको भव्य तयारी

बुधवार , जेठ ६, २०८३

काठमाडौँ । काठमाडौँको मुटु दरबारमार्गको रौनक फेरि एकपटक फर्कने भएको छ । आगामी २०८३ जेष्ठ ९ गते (मे २३, २०२६) का दिन १९ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । 

यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा यो उत्सवलाई ’एक्सट्रीम स्याटर्डे’ (Xtreme Saturday) का रूपमा अझ ऊर्जावान् बनाइँदैछ ।

दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ । हरेक वर्ष झैँ स्ट्रिट फेस्टिवलको भरपुर मजा निःशुल्क लिन पाइने कम्पनीले जनाएको छ ।

महोत्सवका मुख्य आकर्षणहरू :

–  पारिवारिक मनोरञ्जनः बालबालिकाका लागि विभिन्न खेलहरू, ३ह३ बास्केटबल, इ–स्पोट्र्स, सांस्कृतिक झाँकीहरू, ऋयकउबिथ र फोटो बुथहरू ।

– खाना र परिकारः विभिन्न स्वादका खानाका स्टलहरू र रिफ्रेसिङ पेय पदार्थहरू।

– सांगीतिक माहोलः मुख्य स्टेजका साथै सहायक स्टेजमा डिजेहरूको धमकेदार प्रस्तुति रहनेछ।

5.jpg

प्रमुख कलाकारहरू :

यस पटकको सांगीतिक साँझलाई तताउन चर्चित कलाकार तथा ब्याण्डहरूको उपस्थिति रहने छ :

– जोन एण्ड द लोकल्स 
– द एक्स 
– फोल्कट्रोनिक्स 
– एस टी म्यान 
– जे अथर 
– सालिन मगर एण्ड ब्याण्ड 
– प्रिजोल नेपाली एण्ड सरर 
– गन एल्भिस 

कार्यक्रमलाई लोकप्रिय प्रस्तोताहरू रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले सञ्चालन गर्नेछन् ।

‘एक्सट्रीम स्याटर्डे’ महोत्सव काठमाडौंको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको छ । एक्सट्रीम इनर्जी ड्रिङ्कको साथले यस वर्षको ‘एक्सट्रीम स्याटर्डे’ अहिलेसम्मकै सबैभन्दा उत्साहजनक र यादगार हुने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ