२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्यान्सर उपचार: किस्ट अस्पताल र भारतको मेदान्ता अस्पतालबीच सेवा विस्तारको सहकार्य

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । किस्ट शिक्षण अस्पतालले क्यान्सर उपचार सेवामा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गरेको छ । अस्पतालले भारतको मेदान्ता गुरुग्रामसँगको सहकार्यमा विशेषज्ञ परामर्श, टेलिमेडिसिन तथा दोस्रो राय सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

cca13aa5-a589-4b37-a950-fcb265e40e85.jpg

अस्पतालका अनुसार क्यान्सर उपचार सेवा विभागको नेतृत्व प्रोफेसर डा. विष्णु दत्त पौडेलले गरिरहेका छन् । अस्पतालमा क्यान्सर शल्यचिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञसहित बहुविषयगत टोलीमार्फत टाउकोदेखि खुट्टासम्मका सबै प्रकारका क्यान्सरको पहिचान, शल्यक्रिया र उपचार सेवा उपलब्ध गराइँदै आएको छ 

93091f4b-5ae8-494f-9911-822317052c6f.jpg

मेदान्ता गुरुग्रामसँगको सहकार्यअन्तर्गत टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि–परामर्श सेवा सञ्चालन भइरहेको छ, जसले नेपालका क्यान्सर बिरामीलाई अन्तर्राष्ट्रिय विशेषज्ञ सेवामा पहुँच बढाएको अस्पतालले जनाएको छ ।

यसै क्रममा भारतका प्रख्यात क्यान्सर रोग विशेषज्ञ डा। सत्य पाल कटारिया विशेष अतिथि वक्ताका रूपमा सहभागी भएका थिए । उनको उपस्थितिमा क्यान्सर उपचारसम्बन्धी दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सम्पन्न गरिएको हो ।

90bcc7c1-e1f3-4129-99f2-fa8f0b4d43f7.jpg

कार्यक्रममा विभिन्न अस्पताल तथा संस्थाका वरिष्ठ चिकित्सकहरूको सहभागितामा क्यान्सर उपचारका नवीन प्रविधि, जटिल केसहरूको व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यबारे छलफल गरिएको थियो । अस्पतालले भविष्यमा पनि यस्ता सहकार्य विस्तार गर्दै नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ