logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • सहकार्य र तिक्तताका दुई तस्बिर

    सहकार्य र तिक्तताका दुई तस्बिर

    2K
    Shares
    सहकार्य र तिक्तताका दुई तस्बिर

    काठमाडौं । आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात भन्दै प्रचण्ड र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गरे।

    दुई वर्षपछि बालकोट पुग्नुभएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो । जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा स्वागत गरेका थिए, ठीक दुई वर्षअघि आजकै दिनको तस्बिर (दोस्रो तस्बिर) भने फरक थियो । दुई वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुग्दा प्रचण्ड र हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ुहामी यहाँ छौँ भन्ने नारा छातीमा टाँसेर माइतीघरमा सडक धर्नामा थिए ।

    मल्लले सार्वजनिक गरेको उक्त तस्बिरले अघिल्लो तस्बिरलाई बहसमा ल्याएको छ। तर राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने मान्यताको तर्कले बहसको अन्त्य वा विषयान्तर गर्न सक्छ। ओली र प्रचण्डको ‘सरप्राइजु भने यो नै पहिलो होइन। राजनीतिका दुई चतुर खेलाडीले २०७४ मा ुसरप्राइजु दिएका थिए । जुन अहिलेको भन्दा बढी रोचक थियो। आजकोगोरखापत्र दैनिकमा समाचार छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend