२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले सचिवालय बैठक आज पनि बस्दै: कार्यविभाजन र निर्वाचन समीक्षा मुख्य एजेन्डा

शनिवार , जेठ ९, २०८३

भक्तपुर । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा दिउँसो ११ः३० बजे बैठक बस्न लागेको हो ।

शुक्रबारबाट सुरु भएको बैठकमा पार्टीका पाँच जना उपाध्यक्षहरूले हालसम्मको अवस्थाको समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा बाँकी १२ जना पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने सूची तय गरिएको छ ।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार हिजोको बैठकमा पार्टीको अहिलेको सांगठनिक अवस्था, राजनीतिक परिस्थिति र आगामी निर्वाचनका रणनीतिक तयारीका बारेमा लामो छलफल भएको थियो ।

आजको बैठकमा पदाधिकारीहरूको प्रस्तुति सकिएलगत्तै एमाले नेताहरूको नयाँ कार्यविभाजनको विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ । पार्टी संगठनलाई थप चलायमान बनाउन र आसन्न राजनीतिक चुनौतीहरूको सामना गर्न नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन टुंगो लगाउने एमालेको तयारी छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ