२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले सचिवालय बैठक आज पनि बस्दैः अध्यक्ष ओलीले जवाफ दिने

आइतवार , जेठ १०, २०८३

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (आइतबार) पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बैठक सुरु हुने तय भएको हो ।

शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक आजका लागि पनि लम्बिएको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । शनिबारको बैठकमा उठेका विभिन्न प्रश्न र आलोचनाहरूको आज अध्यक्ष ओली आफैँले जवाफ दिने तयारी छ।

शनिबारको बैठकमा महासचिव शङ्कर पोखरेलसहित तीन उपमहासचिव र चार सचिवले पार्टीको आन्तरिक रणनीति, सरकारको कार्यशैली र नेतृत्वको विषयमा आफ्ना धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै आलोचना गरेका छन् ।

स्रोतका अनुसार बैठकमा नेताहरूले पार्टीको साख र जनाधार खस्कँदै गएको भन्दै अध्यक्ष ओलीले राजीनामा दिएर नयाँ पुस्ता र नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने स्पष्ट धारणा राखेका छन् । जसका कारण एमालेभित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ।

आजको बैठकमा बाँकी रहेका सचिवालय सदस्यहरूले आफ्नो धारणा राखेपछि अध्यक्ष ओलीले जवाफ दिने र बैठक निष्कर्षमा पुग्ने बुझिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ