२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

सोमवार , जेठ ११, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

रिटमाथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेय को संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि न्यायाधीश मेघराज पोखरेल को इजलासले देउवाले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाउन आदेश दिएको थियो ।

देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । तर देउवाले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको भन्दै काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी गैरकानुनी रहेको जिकिर गरेका छन् ।

रिटमा उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत खुलाउन मञ्जुर रहेको तथा पक्राउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

देउवा दम्पती पछिल्लो समय हङकङ गएको र हालसम्म काठमाडौं फर्किन नसकेको जनाइएको छ । विभागले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाए पनि इन्टरपोल ले हालसम्म नोटिस जारी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ