२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एलजी इलेक्ट्रोनिक्सद्वारा नेपाली घरपरिवारका लागि नयाँ डुअलकुल एयर कन्डिसनर सार्वजनिक

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर श्रृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

नयाँ डुअलकुल एयर कन्डिसनरमा “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो ।

उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निरवान चौधरीद्वारा गरिएको थियो । यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ ।

DSC_5420.JPG.jpeg

किलोवाट म्यानेजरमार्फत स्मार्ट विद्युत् उपयोग 

नयाँ श्रृंखलाको मुख्य आकर्षणनै एलजीको “किलोवाट म्यानेजर” हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत् खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउँछ।

ऊर्जा लागत तथा विद्युत् शुल्क बढ्दै गइरहेको अवस्थामा नेपाली घरपरिवारले अनुमानयोग्य तथा प्रभावकारी समाधान खोजिरहेका छन्।

साधारण सेटअपमार्फत उपभोक्ताले केके गर्न सक्छन् ?

- आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्छन्

- एलजी थिनक्यु कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्छन्

- असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्राप्त गर्न सक्छन्

- प्रयोग शैली तथा प्राथमिकताअनुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्छन्
 
कम्पनीका अनुसार यस प्रणालीले पूर्वनिर्धारित विद्युत् उपयोग सीमाभित्र रहँदै आरामदायी शीतलता कायम गर्न एयर कन्डिसनरको कार्यक्षमता बुद्धिमत्तापूर्वक समायोजन गर्छ, जसले अनपेक्षित विद्युत् बिल वृद्धिबिना स्मार्ट अनुभव प्रदान गर्दछ ।

DSC_5390 - Copy.JPG.jpeg

“फ्रिज क्लिन” मार्फत सुधारिएको भित्री वायु स्वच्छता

कम्पनीका अनुसार एयर कन्डिसनरको भित्री वातावरणमा धुलो तथा ब्याक्टेरिया जम्मा हुने भएकाले स्वच्छ हावा प्रवाहबारे चिन्ता रहन सक्छ । एलजीको “फ्रिज क्लिन” प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धिहरू वरिपरि बरफको तह बनाउँछ । बरफ पग्लिने क्रममा ती कणहरू ड्रेनेजमार्फत बाहिर निकालिन्छन्, जसले उपकरणको भित्री भाग सफा
राख्न सहयोग पुर्याउँछ । “फ्रिज क्लिन” सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियामèये ९९.० प्रतिशतसम्म हटाउन सक्षम रहेको परीक्षणले देखाएको कम्पनीले जनाएको छ ।

नेपालको अवस्थाअनुसार डिजाइन

नेपाली वातावरण र विद्युत् अवस्थालाई ध्यानमा राखेर नयाँ मोडेलहरूमा निम्न सुविधाहरू समावेश गरिएको छः

- अतिरिक्त सुरक्षा प्रदान गर्ने गोल्ड फिन+ एन्टि–कोरोसन कोटिङ

- राम्रो ताप स्थानान्तरण र दीर्घकालीन टिकाउपनका लागि १००प्रतिशत कपर ट्युब

- नेपालमा सामान्य रूपमा हुने भोल्टेज उतारचढावका बीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्न स्टेबलाइजर–फ्री अपरेसन

- नेपाली उपभोक्ताका लागि स्मार्ट समाधान

कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागको महाप्रबन्धक, गौरव हमालले भने – “एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत् खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण प्रदान गर्छ । ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा, यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ ।”

DSC_5387 - Copy.JPG.jpeg


 
एलजी इलेक्ट्रोनिक्स

एलजी इलेक्ट्रोनिक्स विश्वस्तर घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर समाधान प्रदायक कम्पनी हो, जुन नवीन प्रविधि, ऊर्जा–दक्ष उत्पादन तथा उपभोक्ता–केन्द्रित डिजाइनका लागि परिचित छ । एलजीको उत्पादन श्रृंखलामा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणाली तथा दैनिक जीवनलाई सहज बनाउने अन्य उपकरणहरू समावेश छन् ।

सीजी इलेक्ट्रोनिक्स

सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबल अन्तर्गतको कम्पनी हो र नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो । चार दशकभन्दा बढी समयदेखि सीजी इलेक्ट्रोनिक्ससँगको दीर्घकालीन साझेदारीमार्फत एलजी नेपालमा प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहँदै आएको छ।

DSC_2698 - Copy.JPG.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ