२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि सुरु, सभापति थापाले उद्घाटन गर्ने

शनिवार , जेठ १६, २०८३

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिउँसो १२ः१५ बजे ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद तथा थारु समुदायको एकतालाई मूल आधार बनाएर आयोजना गरिएको महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको संघले जनाएको छ। साथै थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसमेत रहेको बताइएको छ ।

संघका अनुसार पहिलो महाधिवेशनलाई संगठन निर्माण, नेतृत्व विकास तथा नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुका साथै आगामी कार्यदिशा, नीति तथा कार्यक्रम तय गरिने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका शीर्ष नेताहरू, थारु समुदायका अगुवा व्यक्तित्वहरू, विभिन्न जिल्लाबाट आएका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ ।

महाधिवेशनका विभिन्न सत्रहरूमा थारु समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्रतिनिधित्वका विषयमा छलफल हुने कार्यक्रम छ। लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै संगठनलाई अझ सक्रिय र प्रभावकारी बनाउने रणनीतिमाथि पनि विमर्श गरिने बताइएको छ ।

महाधिवेशनका लागि देशभरबाट थारु समुदायका सयौं नेता तथा कार्यकर्ता काठमाडौं आइपुगेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ