२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चट्याङ लागेर मुगुमा पशुचौपायाको मृत्यु

आइतवार , जेठ १७, २०८३

मुगु । मुगुको खत्याड गाउँपालिका- ५ थानेस्थित बाझों खेतमा चरीरहेका पशुचौपायाकाे चट्याङ लागेर मृत्यु भएकाे छ।

आइतबार दिउँसो करिब ३ बजेतिर वर्षासँगै परेको चट्याङले स्थानीय कांसि बुढाको एउटा ब्याउने भैँसी र दुई वटा गोरु तथा सोही ठाउँ धनबहादुर बुढाको एक भैँसीको मृत्यु भएकाे प्रहरीले जनाएको छ।

वडाअध्यक्ष चित्र बुढाले घटनाबारे जानकारी गराएपछि प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटनास्थलतर्फ खटिएका थिए। घटनास्थल प्रहरी चौकीबाट करिब तीन घण्टाको पैदल दूरीमा दक्षिणतर्फ पर्ने जनाइएको छ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। चट्याङका कारण पशुधनमा क्षति पुगेपछि स्थानीय किसानहरू दुखी बनेका छन्। प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ