logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    1.6K
    Shares
    सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

    राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

    कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन रचट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend