२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘रेटिङले नेपालको अवस्था सोचेको भन्दा राम्रो देखायो, दक्षिण एसियामा दोस्रो’

बिहिवार , मंसिर ६, २०८१

अमेरिकाको फिच रेटिङ इंकले नेपालको अवस्था सोचेको भन्दा धेरै राम्रो देखाएको छ । नेपालको राम्रो शाख (रेटिङ) राम्रो भनेर आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । फिचको शाखले नेपालको अर्थतन्त्र राम्रो छ भन्ने स्पष्ट भएको छ ।

रेटिङका आधारमा दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा रहेको छ । कन्ट्री रेटिङमा बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, अफगानिस्तान र माल्दिभ्स नेपाल भन्दा तल रहेका छन् ।

रेटिङबाट तत्कालै फाइदा हुने भन्ने त होइन । सरकार, निजी क्षेत्रले बाहिरबाट ऋण लिँदा मुलुकको शाखलाई आधार बनाएको हुन्छ । त्यसैले आजको भोली नै फाइदा भइहाल्छ भन्ने हैन्, तर दिर्घकालमा राम्रो हुने देखिएको छ ।

रेटिङ एजेन्सीको नजरमा नेपालको अर्थतन्त्र कस्तो रहेछ भन्ने विश्वलाई थाहा भयो । हाम्रा दातृनिकाय, व्यापार साझेदार, ऋण दिने बैंक तथा वित्तीय संस्थालाई पनि नेपालको अवस्था बारेमा थाहा भयो ।

हाम्रो अर्थतन्त्र कमजोर छ भन्ने कुरा भइरहेको थियो, तर त्यस विपरित राम्रो रेटिङ आयो । फिचले तथ्याँक हेरेर मल्टिस्टेक होल्डरसँग छलफल गरेर मात्र नेपालको शाख निर्धारण गरेको हो । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र एसियाली विकास बैंक (एडिबी) को आर्थिक प्रतिवेदनले नेपालको अवस्था राम्रै देखाएको छ । नेपालको राम्रो, नराम्रा पक्षलगायत अर्थतन्त्रको परिदृष्य कस्तो छ भन्ने कुरा रेटिङले स्पष्ट पारेको छ ।

यस्तै मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जिडिपी) र ऋण अनुपात र विदेशी विनिमय सञ्चितीले रेटिङ राम्रो बनाउन सहयोग गरेको हो । रेटिङले मुलुकको वाह्य पक्षलाई राम्रो देखाएको छ । साथै आन्तरिक अर्थतन्त्रलाई पनि राम्रो भनेको छ । पछिल्लो समय हाम्रो विदेशी मुद्रा सञ्चिती बढेको, शोधानान्तर वचतमा रहेको छ ।

आन्तरिकमा हेर्दा पर्यटक आगमन वृद्धि, जलविद्युत विकास, होटलमा भएको लगानीको अवस्था हेर्दा निराश हुनुपर्ने अवस्था छैन् । यहाँको अवसर र जागिर छाडेर झिटीगुन्टा लिएर विदेश जानेले नेपालमा केही पनि भएको छैन भनेर निराशा देखिएका हुन् ।

भएको जागिर छाडेर यो भन्दा पनि राम्रो मुलुक जान्छु भन्नेलाई रोक्न सक्ने कुरा भएन् । विदेश जाँदै गर्दा नेपाल खतम भयो भन्ने भाष्य बनाउनु पनि हुँदैन् । रोजगारी नपाएर जति नेपाली बाहिर गएका छन् त्यति नै छिमेकी देशबाट यहाँ आएर काम गरिहेका छन् ।

राम्रो रेटिङ आएका कारण अब वैदेशिक लगानी ल्याउन सहज हुनेछ ।

(राष्ट्रिय योजना आयोग सदस्य डा. प्रकाशकुमार श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ