२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हुम्ला र डोटीमा हिमपात (तस्बिरहरु)

सोमवार , मंसिर २४, २०८१

सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ ।

मौसममा आएको फेरबदलका साथै आइतबार दिउँसो हावाहुरी सुरु भएपछि गए त्यहाँ रातिदेखि हिमपात सुरु भएको हो ।

सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् ।हिमपातसँगै चिसो बढेको छ ।

यसैगरी डोटीमा पनि हिमपात भएको छ । डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएपछि सेताम्मे देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ