२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

धितोपत्र बोर्डले पियोर इनर्जीलाई दियो आइपिओ निष्कासन अनुमति

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले चुक्ता पुँजी २० प्रतिशत अर्थात १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने भएको छ ।

पियोर इनर्जीले आइपीओ अंकित मूल्य १०० रुपैयाँमा ल्याउन लागेको हो । कम्पनीले आइपीओ निष्कासनको अनुमतिका लागि गत वर्ष माघमा आवेदन दिएको थियो ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

पियोर इनर्जी व्यवसायिक घरना गोल्यान ग्रुपको कम्पनी हो । कम्पनीले नेपालगञ्जमा २० मेगावाटको सोलार परियोजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार