२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वैदेशिक रोजगारीमा पुनः श्रम स्वीकृति अब स्वचालित हुने, श्रमिकलाई सहज सेवा दिने सरकारको तयारी

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि सरकारले पुनः श्रम स्वीकृति प्रक्रियालाई स्वचालित बनाउने तयारी गरेको छ । श्रम स्वीकृति नवीकरणका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै अनलाइन प्रणालीमार्फत सहज सेवा दिने व्यवस्था गर्न लागिएको हो ।

युवा तथा श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति प्रक्रियालाई स्वचालित बनाउने योजना अघि बढाएको जनाएको छ ।

 सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी सय दिने कार्ययोजना अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो व्यवस्था लागू गर्न लागिएको विभागकी प्रवक्ता विन्दा आचार्यले जानकारी दिइन ।

नयाँ व्यवस्थाअनुसार यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले सोही देश र कम्पनीका लागि पुनः श्रम स्वीकृतिको आवेदन दिँदा तोकिएका मापदण्ड पूरा भएमा स्वचालित प्रणालीमार्फत स्वीकृति पाउनेछन् । यस अघि अनलाईन मार्फत आवेदन दिदा केही मिलने भने सम्बन्धीत व्यक्ति नै विभागको कार्यालयमा आउनु पर्ने बाध्यता थियो,अब भने विभागमा कागजपत्र बोकेर व्यत्ति, जानु पर्देन आचार्यले भनिन् अब सम्बन्धीत वयक्तिले आफैले अनलाईन गर्दा हुन्छ । यो व्यवस्थाले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सजिलो भएको आचार्यले बताइन /

711532218_1294084912915955_1205761765351992402_n.jpg

विभागका अनुसार पुनः श्रम स्वीकृतिका लागि आवेदकको राहदानी कम्तीमा तीन महिना अवधि बाँकी भएको, वैध भिसा भएको, रोजगारदाता कम्पनीसँग करार सम्झौता कायम रहेको, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा भएको हुनुपर्नेछ ।
त्यस्तै आवधिक जीवन बीमा कायम भएको र वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मा भिसा तथा करार सम्झौतासम्बन्धी विवरण स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ प्रवत्ता आचार्यले जानकारी दिइन ।
विभागले वैदेशिक सूचना प्रणालीमा गलत विवरण भरेमा वा आवश्यक कागजात नपु¥याई आवेदन दिएमा त्यसको जिम्मेवारी सेवाग्राही स्वयंले लिनुपर्ने जनाएको छ ।
स्वचालित पुनः श्रम स्वीकृतिले विदेशमा रहेका नेपाली श्रमिकलाई समय र खर्च बचत हुने तथा श्रम प्रशासन सेवा थप प्रभावकारी बन्ने आफुहरुको अपेक्षा रहेको प्रवत्ता आचार्यको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार