२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वर्तमान सरकार सही दिशामा अघि बढ्न सकेन : ऐन महर

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले वर्तमान सरकार सही दिशामा अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।  

आज उनले दलको कार्यलयमा पत्रकारसँगको भेटमा यस्तो बताएका हुन्। 

सरकारले जनअपेक्षा अनुरूप काम गर्नुभन्दा उल्टो बाटो समातेको आरोप लगाउँदै उनले प्रतिपक्षले निरन्तर रूपमा रचनात्मक सुझाव र सल्लाह दिँदै आएको बताए।

उनले प्रतिपक्षको उद्देश्य सरकार असफल होस् भन्ने नभई सही मार्गमा अघि बढोस् भन्ने रहेको स्पष्ट पारे। सरकारको स्थायित्व मात्र पर्याप्त नहुने भन्दै उनले स्थिरतासँगै सही नीति, प्रभावकारी कार्यशैली र जनमुखी निर्णय आवश्यक रहेको उल्लेख गरे। “हामी सरकार ढलोस् भन्ने पक्षमा छैनौँ, तर सरकार अहिले जसरी अघि बढिरहेको छ, त्यो सही दिशा होइन,” उनको भनाइ थियो।

महरले सरकारका कतिपय निर्णय र गतिविधिले जनतामा निराशा बढाएको दाबी गर्दै शासन सञ्चालनमा स्पष्टता, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादन आवश्यक रहेको बताए। सरकारलाई सही दिशा देखाउन प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले आलोचनालाई विरोधका रूपमा नभई सुधारको अवसरका रूपमा लिन आग्रह गरे।

उनका अनुसार मुलुकलाई राजनीतिक स्थिरता आवश्यक भए पनि स्थिरताका नाममा गलत अभ्यासलाई निरन्तरता दिन नहुने धारणा राखे। सरकार जनताको भावना र आवश्यकताअनुसार अघि बढ्न सके मात्र स्थायित्वको वास्तविक अर्थ स्थापित हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट