काठमाडौ / सशस्त्र प्रहरी बल मुख्यालय हलचोकको सवारी शाखामा बुधबार राती भएको आगलागीको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । आगालागीको घटना छानबिनका लागि सशस्त्र प्रहरी बलका डीआइजी सन्दिप थापाको नेतृत्वमा समिति गठन भएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी विष्णुप्रसाद भट्टका अनुसार आगलागी घटनाको छिटो प्रतिवेदन दिने गरी कुनै समयसीमा नराखी समिति गठन गरिएको जानकारी दिए । सशस्त्र मुख्यालको सवारी शाखामा आगलागी हुदा एटीभी छ थान,एक थान प्राडो गाढी र दुइ थान मोटरसाइकल जलेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
जलेका सवारी साधनहरु यातयात व्यवस्था कार्यालयमा दर्ताकै प्रक्रियामा रहेको थियो । घटनामा अन्य के के क्षती भयो त्यसको सवै विवरण छानविन समितिले नै सार्वजनिक गर्ने प्रवत्ता भट्टराईले बताए ।
केही समय अगाढी सशस्त्र प्रहरीको सतुगलमा रहेको स्टोरमा समेत आगलागी हुदा लाखौको क्षती भएको थियो । विपद नियन्त्रणमा अब्बल रहेको सशस्त्र प्रहरी कै कार्यालयमा आगालागी भएको विषयमा प्रवत्ता भट्ट ले यो सबै भवितव्य भएको र आफुहरु यस्ता घटना नहोस भनेर सजग रहेको बताए ।
प्रतिक्रिया दिनुहोस