२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न निरन्तर प्रयास गरेको छ : सञ्चारमन्त्री तिमिल्सिना

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारहरूलाई स्थानीय वास्तविकताहरूसँग जोड्न निरन्तर प्रयास गरेको बताएका छन् । 

बिहीबार ललितपुरमा आयोजित ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप २०२६’ को उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने समेत बताए ।

उनले साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम भएको र साहित्यले नै समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको धारणा राखे । सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताए । 

उनले नेपालमा १२० भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको उल्लेख गरे । हरेक भाषाले आफ्नो विश्वदृष्टि बोकेको हुन्छ । हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले नेृपालको साझा पहिचानलाई समृद्ध बनाएको उहाले बताए । 

सञ्चारमन्त्री तिमिल्सिनाले अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पुर्याउन सहयोग पुग्ने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट