२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेन्सेइले ल्यायो ‘सेन्सेइमा विश्वकप हेरौला’ अफर

२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव नजिकिँदै गर्दा, CG Electronics अन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड Sensei ले आफ्ना ग्राहकहरूका लागि विशेष ‘Sensei मा विश्वकप हेरौला’ उपहार योजना सार्वजनिक गरेको छ। 

नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले ल्याइएको यस अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज EMI सुविधा समावेश गरिएको छ।

यस योजना अन्तर्गत Sensei TV खरिद गर्ने ग्राहकहरूले Lucky Draw मार्फत FREE AC जित्ने अवसर प्राप्त गर्नेछन्। साथै ग्राहकहरूले रु. २३,४०० सम्मको आकर्षक Cash Back सुविधा पनि प्राप्त गर्न सक्नेछन्। विश्वकपको उत्साहलाई अझ लामो समयसम्म कायम राख्ने उद्देश्यले Sensei ले यस अभियानमा विशेष २४+२४ महिना सर्भिस वारेन्टी समेत उपलब्ध छ।

Sensei Smart TV हरूमा उपलब्ध 4K Ultra HD Display, Dolby Audio तथा webOS Smart Platform जस्ता अत्याधुनिक प्रविधिहरूले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्नेछन्। 

उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ।

“विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो। Sensei को अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले ग्राहकहरूलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ,” कम्पनीले जनाएको छ।

ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन नागरिकता मात्रको आधारमा सरल EMI सुविधा समेत उपलब्ध गरिएको छ, जसले प्रिमियम मनोरञ्जनलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।

यस अवसरमा CG Electronics ले सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई विश्वकपको रोमाञ्चक यात्रा Sensei सँगै मनाउन आग्रह गरेको छ। कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक CG Electronics शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ।

सेन्सेइ ब्रान्डले नेपाली बजारमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलईडी टिभी जस्ता विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । 

जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको छ ।

देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका शोरूम तथा आधिकारिक डिलर नेटवर्कमार्फत यो योजनाको लाभ उठाउन सकिनेछ । कम्पनीले यस योजनामार्फत ग्राहकहरूलाई भरपर्दो खरिद अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ भने यसमा केही शर्तहरू लागू हुने जानकारी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार