२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

दोलखाको सिप्रिङ खोलामा बाढी: एकजना बेपत्ता, जलविद्युत् केन्द्रमा कार्यरत ४ कर्मचारी उद्धारको पर्खाइमा

बुधवार , श्रावण ६, २०८३

काठमाडौ । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा मङ्गलवार राति आएको बाढीका कारण एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण अवस्थामा फसेका छन् ।

गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाका अनुसार बाढीले स्थानीय ७३ वर्षीय चसमान तामाङलाई गाईबाख्राको गोठसहित बगाएको छ । बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीहरू सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएर फसेका छन् । उनीहरू रहेको स्थान असुरक्षित रहेको र खोलामा लगातार बाढी आइरहेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सिंगटी र रोल्वालिङबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । दुर्गम भूगोलका कारण पैदलै पुग्नुपर्ने भएकाले घटनास्थलमा पुग्न केही समय लाग्ने प्रहरीले जनाएको छ।

बाढीले सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्याम क्षेत्रमा समेत क्षति पुर्‍याउनुका साथै खोलाको दुवैतर्फ तीव्र जमिन कटान गरेको छ । हाल बेपत्ता वृद्धको खोजी र भीरमा फसेका चार जनाको उद्धारका लागि स्थानीय र प्रहरी टोली प्रयासरत छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट