२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इस्कोनद्वारा विराटनगरमा जगन्नाथ रथयात्रा (तस्बिरहरु)

बुधवार , फाल्गुण ७, २०८१

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले बुधबार विराटनगरमा जगन्नाथ रथयात्रा निकालेको छ । इस्कोनले विराटनगरमा दोस्रो पटक जगन्नाथ रथयात्रा निकालेको हो ।

यसअघि इस्कोनले २०८० फागुन ७ गते विराटनगरमा पहिलो रथ यात्रा निकालेको थियो । इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीका अनुसार दोस्रो जगन्नाथ रथयात्रामा ३ हजार ५ सय भन्दा बढी सनातन धर्मावलम्बीहरूको सहभागिता रहेको थियो ।

विराटनगरमा निकालिएको रथयात्रा धरानबाट ल्याईएको उनले जानकारी दिए ।

No description available.

इस्कोन नेपालको मार्ग निर्देशक महाविष्णु स्वामी महाराजको उपस्थितिमा निकालिएको रथयात्रामा भारत, थाइल्यान्ड, रुस सहित विश्वका १० देशका ४० जनाभन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको उनले जानकारी दिए ।

उनले भने, ‘कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्ट सहित सनातन हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न राजनैतिक दलका नेता र सांसदहरूको सहभागितामा रथयात्रा निकालिएको छ ।’

No description available.

विराटनगर–९ जलजला रोड स्थित इस्कोनको कार्यालयबाट निकालिने रथयात्रा विराटनगर नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि पुनः इस्कोन कार्यालय अगाडि विशेष समारोहको आयोजना पछि समापन भएको छ ।

रथयात्रापछि इस्कोन विराटनगरले जलजला रोडमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । एसिया, युरोपसहित विश्वका १० देश र नेपालका गरी ३ हजार ५ सय भन्दा बढी सनातन हिन्दु धर्मावलम्बीहरूको सांस्कृतिक कार्यक्रममा सहभागिता रहेको पनि जोशीले बताए ।

२०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको इस्कोनको देशको विभिन्न जिल्लामा शाखा कार्यालय सञ्चालन भइरहेको जनाइएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ