२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै, उजुरी र कार्ययोजनामाथि छलफल हुने

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको महत्त्वपूर्ण बैठक आज (बिहीबार) बस्दैछ । पार्टीभित्र पछिल्लो समय देखिएका अनुशासनसम्बन्धी विषय र प्राप्त उजुरीहरूमाथि छलफल गर्न समितिले बैठक आह्वान गरेको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने तय भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठकमा समितिका संयोजक, सदस्यहरू तथा आमन्त्रित सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा पार्टीका विभिन्न तह र तप्काबाट प्राप्त भएका अनुशासन उल्लङ्घन सम्बन्धी उजुरीहरूको छानबिन, कारबाहीको प्रक्रिया र समितिको आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ । 

पार्टीभित्र आन्तरिक अनुशासन कायम राख्न र संगठनलाई थप सुदृढ बनाउन यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ