२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगे, समर्थकद्वारा विमानस्थल बाहिर भव्य स्वागत (तस्बिरहरु)

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

शाह समिट एयरको चार्टड फ्लाइटमार्फत काठमाडौँ आएका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरे ।

पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ताहरू विमानस्थलको गेटसम्म पुगेका थिए ।

पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । उनलाई समर्थकहरुले घेरेर विमानस्थल गेटबाट अघि बढाएका छन् ।

उनलाई अब राजावादीहरूले निर्मल निवास लैजाँदैछन् । पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो ।

तस्बिर : निशान मगर/सुनौलो नेपाल

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ