२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१, तस्बिरमा हेर्नुहोस्

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ आजबाट सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा उक्त सम्मेलन उद्घाटन गरेका हुन् ।

सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ । ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सम्मेलन सुरु भएको हो ।

यो सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने छ ।

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवाहरुकोको सहभागिता छ ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ