२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

थकाली समुदायले मनाए तोरन्ल पर्व (फोटो फिचर)

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । थकाली समुदायले आज तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन् । थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन्।

आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर काठमाडौं आएका थकाली समुदायका घरको कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन्।

त्यसैगरी छोरी ज्वाइँ भान्जी तथा आफन्तहरूलाई बोलाएर मीठा–मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ।

थकाली समुदायले यस दिन घरमै बनाएको छ्याङ –(लोकल रक्सी) समेत खाने प्रचलन रहेको रहेको छ। थकाली समुदायले फागु पूर्णिमा रङ्गहरू नलगाउने भए पनि आजभोलि लगाउने गरिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइसराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ