२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हेर्नुहोस् कस्तो छ आजको राशिफल ?

मंगलवार , कार्तिक ११, २०८२

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायलाई लिएर दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। धर्म कर्ममा मन जानेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सम्पत्तिले उब्जाएका वादविवाद सम्झौतामा टुङ्गिन सक्लान्। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहसोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ लगानी लगाउने अवसर जुट्नेछ। कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन मिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला सावधान रहनुहोस्। कार्यक्षेत्रमा सीनियर र जुनियर दुवैको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक वा सामाजिक स्थिति सबल हुनेछ। आजको शुभ रंग हरिय‍ो हो भने शुभ अंक २ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको मेसो नमिल्दा भनेजस्तो लाभ नमिल्ला। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आफ्नो मेहनतको फल अरुले लिन सक्छन् सचेत रहनुहोस्। विशिष्ट व्यक्तिहरूको सहयोगले व्यापार व्यवसायमा नयाँ निर्णय लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक समस्या सुल्झाउनमा समय बित्नेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै सन्तान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथले नयाँ उत्साह जगाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुहोला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। सामान्य कामको लागि पनि दौडधुप गर्नुपर्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यर्थको कार्यमा समय बित्न सक्छ समयको महत्वलाई बुझ्ने प्रयास गर्नुहोस्। आकस्मिक धन लाभका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ