२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोदी–इरानी राष्ट्रपतिबीच वार्ता: समुद्री मार्गहरू सुरक्षित र खुला राख्नुपर्नेमा जोड

शनिवार , चैत्र ७, २०८२

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति डा. मसुद पेजेश्कियानसँग  टेलिफोन वार्ता गर्दै ईद र नवरोजको शुभकामना आदान–प्रदान गरेका छन ।

यस पर्वले पश्चिम एशियामा शान्ति, स्थिरता र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त  गरेको प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका छन ।

 क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा गम्भीर चिन्ता व्यक्त  गर्दै   विशेषगरी  महत्वपूर्ण पूर्वाधारमाथि भएका आक्रमणहरूले क्षेत्रीय स्थिरता मात्र नभई विश्वव्यापी आपूर्ति शृंखलामा समेत असर पारिरहेको प्रति आफ्नो ध्यान आकर्षक भएको जनाए ।

त्यसैगरी, उनले अन्तर्राष्ट्रिय जलमार्गहरूको स्वतन्त्र आवागमन सुरक्षित राख्नुपर्ने आवश्यकता दोहोर्‍याउँदै सबै देशहरूले समुद्री मार्गहरू खुला र सुरक्षित राख्न सहयोग गर्नुपर्ने बताएका छन्।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले इरानमा रहेका भारतीय नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न इरान सरकारले निरन्तर गरेको सहयोगप्रति आभार पनि व्यक्त गरेका थिए ।

फेब्रुअरी २८ देखि सुरु भएको वर्तमान तनावपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पेजेश्कियानबीच यो दोस्रो टेलिफोन वार्ता हो। यसअघि मार्च १२ मा भएको संवादमा इरानी राष्ट्रपतिले आफ्नो देशको अवस्थाबारे जानकारी दिँदै क्षेत्रीय घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए।

भारतले सधैं सबै समस्या संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राख्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ