२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बजारमा होलीको चहलपहल बढ्यो (तस्बिरहरु)

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । रङ्गै रङको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। भोलि काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइन्छ भने तराईमा (पर्सी) शुक्रबार मनाइने गरिएको छ ।

होली नजिकिएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ।

असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रंग, टीशर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन्। व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रंग छान्दै छन्, कोही मोलमोलाइ गर्दै छन्। सडकभरी चहलपहल छ। होलीको माहोल झल्किएको छ।

होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठूलोको जोडीको ४००मा बिक्री भइरहेको छ भने त्यस्तै पानी हालेर खेल्ने पिचकरी ५० रुपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको छ। रङको प्याकेटको २० रुपैयाँदेखि २०० रुपैयाँ पर्ने व्यापारीहरु बताउँछन्।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ