काठमाडौं – शिखर इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणाली (इन्फरमेशन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम ) मा अन्तर्राष्ट्रिय मान्यताप्राप्त (आइएसओ) प्रमाणपत्र प्राप्त गरेको छ।
शिखर इन्स्योरेन्सले संवेदनशील जानकारीको सुरक्षा, जोखिम व्यवस्थापन र सूचना सुरक्षाप्रति उच्च प्रतिबद्धता र सूचना प्रणाली, नीति र कार्यपद्धतिहरूले विश्वस्तरीय मापदण्डहरू राखेको आधारमा आइएसओ/आइइसी २७००१: २०२२ प्रमाणपत्र पाएको हो।
प्रमाणपत्रले कम्पनीको सूचना प्रणालीको व्यवस्थापन, कार्यान्वयन र निरन्तर सुधार प्रक्रियामा केन्द्रित प्रयासहरूलाई औपचारिक मान्यता दिएको छ। शिखर इन्स्योरेन्सले साइबर सुरक्षासहित सबै प्रकारका नविनतम जोखिमहरूको पहिचान, व्यवस्थापन तथा न्यूनीकरणमा सधैं अग्रसर रहँदै आएको पनि उल्लेख गरेको छ।
डिजिटल युगमा ग्राहकहरूले उपलब्ध गराउने सूचनाको गोपनीयता तथा सुरक्षाको सुनिश्चितता गर्नु र साइबर जोखिमको प्रभावकारी व्यवस्थापनमार्फत सेवा निरन्तरता कायम राख्नु कम्पनीको प्रमुख प्राथमिकता रहेको कम्पनीले एक बिज्ञप्ति मार्फत जनाएको छ।
शिखर इन्स्योरेन्सले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यताले ग्राहकहरूमा कम्पनीप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा कम्पनीले गरेको छ। यस उपलब्धिबाट अत्यन्त गर्वित महसुस भएको उल्लेख गरेको छौ शिखरद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ।
प्रतिक्रिया दिनुहोस