२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली सिनेमा ‘के घर के डेरा २’ आजदेखि देशभर रिलिज, प्रिमियरमा १८० र्‍यान्डम दर्शकको सहभागिता

शुक्रवार , जेठ ३, २०८२

काठमाडौँ । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ।

चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे र सुरज विष्ट लगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन्। उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन्।

फिल्म रिलिजको पूर्वसन्ध्यामा अर्थात् बुधबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा फिल्मको विशेष प्रिमियर शो आयोजना गरिएको थियो। तर यो प्रिमियर अरू फिल्महरूको जस्तो सेलिब्रिटी केन्द्रित थिएन।

निर्माण पक्षले बजार, मल र चोकमा भेटिएका १८० भन्दा बढी ‘र्‍यान्डम’ सर्वसाधारणलाई निमन्त्रणा गरेर फिल्म देखाएको थियो। निर्देशक खनालका अनुसार यो प्रयोग नेपाली फिल्म उद्योगमै पहिलो पटक गरिएको शैली हो।

“सेलिब्रिटी अथवा आफन्तहरू प्रायः सकारात्मक प्रतिक्रिया दिनुहुन्छ, तर हामीलाई दर्शकको इमान्दार भावना जान्न मन थियो। त्यसैले सर्वसाधारणलाई सहभागी गरायौं,” निर्देशक खनालले प्रिमियरमा भने। प्रिमियरमा सहभागी आम दर्शकहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ