२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एलिजा गौतमद्वारा भगत सिंह कोशियारीसँग भेट, नेपाल-भारत सम्बन्धमा छलफल

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । नायिका एलिजा गौतमले महाराष्ट्रका पूर्व राज्यपाल एवं उत्तराखण्डका पूर्व मुख्यमन्त्री, भारतीय जनता पार्टीका वरिष्ठ नेता भगत सिंह कोशियारीसँग उनकै निवास देहरादुनमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

उक्त भेटवार्तामा नेपाल र भारतबीचको समसामयिक विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ। दुई प्रतिष्ठित व्यक्तित्वबीचको यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

नायिका गौतमले कोशियारीसँगको भेटलाई फलदायी बताएकी छन्। उनले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाउन यस्ता भेटघाटले महत्त्वपूर्ण योगदान पुर्याउने विचार व्यक्त गरिन्।

भगत सिंह कोशियारी भारतीय राजनीतिमा एक अनुभवी र वरिष्ठ नेता मानिन्छन्। उत्तराखण्डको मुख्यमन्त्री र महाराष्ट्रको राज्यपालको रूपमा उनले दुई देशबीचको सम्बन्धलाई महत्व दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ