२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेशनल लाइफ इन्स्योरेन्सको सिईओमा दोहोरिए सुरेश प्रसाद खत्री

आइतवार , जेठ ५, २०८२

काठमाडौं। सुरेश प्रसाद खत्री नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः नियुक्त भएका छन्।

कम्पनीले उनलाई आगामी ४ वर्षको लागी सिईओको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। ५५०औं सञ्चालक समितिको बैठकले खत्रीलाई पुनः जिम्मेवारी दिएको हो ।

खत्रीको नेतृत्वमा कम्पनीले जीवन बिमा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको कम्पनीले जनाएको छ। खत्री २०७८ जेठ ३ गते पहिलो पटक सिईओ बनेका हुन् ।

उनको कार्यकालमा जीवन बिमा कोष ४९ अर्बबाट बढेर ८१ अर्ब ३२ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

यस्तै, कूल बिमा व्यवसाय पनि वार्षिक १२ अर्बबाट बढेर १७ अर्ब नाघेको छ।

एक्जुकेटिभ सहायकका रूपमा २०५१ सालमा सेवा सुरु गरेका खत्री ३० वर्षपछि दोस्रो पटक सिईओमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ