२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सानिमा रिलायन्स लाइफको ‘शुभलक्ष्मी जीवन बीमा योजना’मा ग्राहकको लोकप्रियता बढ्दै

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई कर्मथलो बनाई रहेका व्यक्तीत्व हुन्, श्याम गुरूङ । उनी पोखरामै रेष्टुरेन्ट ब्यबसायमा सफलता हासिल गरी सन् २०१८ देखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् ।

लायन्स क्लबका अञ्चल अध्यक्ष र सल्यानी समिति कास्कीका सचिव समेत बन्न सफल भएका गुरूङ लगातार ४ पटक सानिमा रिलायन्स बनिसकेका छन् । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेटको रुपमा कार्यरत छन् । सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजनामा उनी प्रोडक्ट एडभोकेट रहेको कम्पनीले जनाएको हो ।

“शुभलक्ष्मी जीवन बीमा” योजनाको बारेमा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संचालन गरेको शुभलक्ष्मी जीवन बीमा योजनामा ग्राहकहरुको लोकप्रियता बढ्दै गएको अवस्था छ। एक त उक्त बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने कम्पनीले जनाएको छ भने अर्कातिर बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो योजना उत्तम मानिएको छ। मध्यम वर्गिय परिवारलाई लक्षित गरिएको सो योजनामा ग्राहकरु आकर्षित भएको जनाइएको छ।

सानिमा रिलायन्स लाइफको शुभ लक्ष्मी जीवन बीमा योजनाका विशेषताहरुः

यस योजनाले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्छ भने बीमितको प्राकृतिक कारणबाट मृत्यु भएमा बीमाङ्कको २ गुणा र दुर्घटनाको कारणबाट मृत्यु भएमा ३ गुणा रकम हकवालालाई भुक्तानी गरिने व्यवस्था रहेको छ । त्यस्तै,विभिन्न १८ वटा घातक रोगमध्ये कुनै पनि एउटा रोगको पहिचान भएमा १० लाख रुपैयाँ बीमाङ्कसम्मको एकमुष्ट भुक्तानी गर्ने र बीमितलाई उपचारका लागि रकम जुटाउने तनाबबाट मुक्ति दिलाउँने जनाइएको छ।

हाल, कुनै बीमितले १० लाख बीमाङ्क भएको शुभ लक्ष्मी जीवन बीमा योजना खरिद गरेमा बीमा अवधि सकिएपछि १० लाख रुपैयाँसँगै पूरा अवधिभर आर्जित बोनस पनि एकमुष्टमा प्राप्त गर्ने समेत व्यवस्था रहेको छ । त्यस्तै, बीमा अवधि नसकिँदै बीमितको दुर्घटनाका कारण मृत्यु भयो भने हकवालालाई यो पोलिसी अनुसार ३० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा भुक्तानी गरिनेदेखि प्राकृतिक मृत्यु भएका हकमा भने हकवालाले २० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा पाउने कम्पनीले जनाएको हो ।

यस्तो छ उमेरहद

सोही बीमा योजना १८ वर्ष पूरा भएर ६० वर्ष ननाघेका जो कोहीले पनि खरिद गर्न सक्नेछन् भने उक्त बीमा योजनाको अवधि न्यूनतम १० देखि अधिकतम ५२ वर्षसम्मको हुन सक्ने व्यवस्था गरिएको छ । सोही योजना अन्तर्गत बीमितले आफ्नो आर्थिक क्षमता अनुसार २५ हजार देखि १० लाख रुपैयाँसम्मको बीमाङ्क रकम रहेको बीमालेख खरिद गर्न सक्नेछन् तथा १८ वर्षकै उमेरमा यो बीमा योजनाको अधिकतम अवधितर्फको बीमालेख खरिद गर्ने बीमित ७० वर्षको हुँदा उसको बीमा म्याच्युर हुने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको हो।

साथै, बीमाशुल्क बुझाउँनको लागि पनि बीमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न मिल्ने बताउँदै कम्पनीले जवानीमा गरेको सानो बचतले बुढेसकालमा १० लाख रुपैयाँ र आर्जित बोनस रकम एकमुष्टमा भुक्तानी दिलाउने भएकाले सो योजना लोकप्रिय बन्दै गएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ