२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोटरेबल ब्रिज एक्जिबिशन ललितपुरमा सुरु, पुल निर्माण सम्बन्धि धेरै ज्ञान पाउन सकिने

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । ललितपुरको मानभवनमा मोटरेबल ब्रिज एक्जिबिशन सुरु भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास विभागले स्वीस सरकार विकास सहयोग एसडीसीसँगको सहकार्यमा एक्जिबिशनको आयोजना गरेको हो ।

सन् २०११ मा नेपाल सरकार र स्वीस सरकारबीच तत्कालिन स्थानीय सडक र अहिले प्रदेश सडकमा बनिने मोटरेबल पुल निर्माणमा आवश्यक प्राविधिक सहयोग दिने दुई पक्षीय सम्झौता भएको थियो ।

त्यो समयदेखि नै स्वीस सरकारको तर्फबाट स्थानीय पुल सडक ईकाइले प्राविधिक सहयोग लिँदै आएको ईकाइका टोली नेता सकिल मानन्धरले जानकारी दिए ।

सम्झौतादेखि अहिलेको अवधिसम्म पुल बनाउँदा के कस्ता कार्यहरु गरियो भनेर प्राविधिक पक्षलाई देखाउने एक्जिबेशनको उद्धेश्य रहेको छ ।

लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव भिमार्जुन पाण्डेका अनुसार स्वीस सरकारसँग गरिएको सम्झौताको यो अन्तिम वर्ष हो ।

यो समायावधिमा केके सिकियो, कस्तो कस्तो पुलहरुको निर्माण भयो, ती पुलहरु बनाउँदा क्लाइमेट चेन्जले के कस्ता समस्याहरु सिर्जना भए र निर्माणाधीन अवस्थामै पनि डिजाइन परिवर्तन गनुपर्दा अपनाइने उपायहरु लगायतलाई समावेश गरेर एक्जिबिशनमा प्रिजेन्टेसन पनि गरिएको सचिव पाण्डेले बताए ।

त्यस्तै, स्थानीय पूर्वाधार विभाग, सडक तथा पुल शाखा प्रमुख भरत कुमार यादवले यो एक्जिबिशनले भोलि यही क्षेत्रमा काम गर्न चाहनेहरुका लागि ठूलो मद्दत पुग्ने जानकारी दिए । यो एक्जिबिशनबाट पुल निर्माण सम्बन्धि धेरै ज्ञान पाउन सकिने भएकाले सम्भव भएसम्म भिजिट गर्न सबैलाई उनले आग्रह गरे ।

यसैगरी, जय विष्णु निर्माण सेवा प्रालीको म्यानेजिङ डिरेक्टर अनिल सिलवालले यस्तो किसिमको एक्जिबिजशन निकै उपयोगी र लाभदायी हुने बताए ।

विशेषगरी नेपालका मोटरेबल पुलहरुमा केन्द्रित हुने व्यक्तिहरुले यो एक्जिबिशन भिजिट गर्नै पर्ने सिलवाल बताउँछन् ।

पुल कसरी बन्छ त ? भन्ने सर्वसाधारणको जिज्ञासालाई यो एक्जिबिशनले सम्बोधन गर्ने बताइएको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताको यो नै अन्तिम वर्ष हो । सन् २०११ देखि अहिलेसम्म स्वीस सरकारको प्राविधिक सहयोगमा ८ सयभन्दा बढी मोटरेबल पुलको निर्माण भइसकेको छ ।

मानभवनस्थित क्रिश्टल ब्याङ्क्वेटमा मंगलबार सुरु भएको एक्जिबेशन बुधबार पनि जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट