२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूंजी रु. ९,१४,३२,३७,३०६।– को ८ प्रतिशतको दरले हुने रु. ७३,१४,५८,९८४.४८ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

यसैगरी सभाले संचालक समितिको आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८०/८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु स्वीकृत गरेको छ ।

त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।

त्यस्तै कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तब्य र संचालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ