२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पारामाउन्ट मोटर्सले सार्वजनिक गर्यो एमजी विन्डसर इभी, यस्ता छन् विशेषता

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं। नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर इभी सार्वजनिक गरेको छ ।

भारतमा निर्मित यो गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको जनाएको छ ।

के छ विशेषता ?

विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउने जनाएको छ । यो परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प हुने जनाइएको छ । यसमा १३५ रेक्लाइन हुने एरो लाउन्ज सिट, ६०४ लिटरको बुट स्पेस र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ ।

साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ । यसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ । यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किमीको भरपर्दो रेन्ज प्रदान गर्ने जनाएको छ । यस्तै वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ ।

प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन् । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ । यो आईपी६७ रेटेड भएको र ३९ वटा कडा सेफ्ट टेस्टहरू पार गरेको जनाइएको छ । ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउने छ । यसमा १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इमीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ । साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउनेछ । एमजी मोटर्स नेपालका प्रवक्ता सुनिल बहादुर क्षेत्रीले भने “एमजी विन्डसर इमीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ । हामी विश्वस्त छौँ कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने छ ।”

नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी र एमजी एस ५ इमी छन् । यसको मूल्य ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रूपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ