२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बीवाइडीको 'सिलायोन ७' शुक्रबारदेखि नेपाली बजारमा

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं। चिनियाँ कम्पनी बीवाइडीको नयाँ गाडी 'सिलायोन ७' लाई शुक्रबारदेखि नेपाली बजारमा ल्याइने भएको छ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सो गाडी भोलि शुक्रबारदेखि नेपाली बजारमा ल्याउन लागेको हो। गत वर्षको नाडा अटो शोमा प्रर्दशनीमा राखिएको सिलायोन ७ लाई बिक्री गर्ने निश्चित भएको हो।

४।८ मिटर लामो एसयूभी सिलायोन ७ मा १०० किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ। यसमा ८२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। एक पटकको फुल चार्जमा गाडीले ५०० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीले जनाएको छ।

गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ। सिलमा जस्तै यसमा हेड अप डिस्प्लेको सुविधा पनि छ।

पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ जस्ता फिचर गाडीमा समावेश छन् । गाडीको मूल्य ७२ देखि ७५ लाख रुपैयाँको बीचमा हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ