काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही असार १९ देखि २३ गते (जुलाई ३ देखि ७ जुलाई) सम्म '७.७ डिल्स लाइक नेभर विफोर' विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो इभी, पन्च इभी, नेक्सन के ३ इभी र कभ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ ।
'७.७ डिल्स लाइक नेभर विफोर' कार्यक्रम अन्तर्गत ग्राहकहरुलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमणका साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर (AVT), एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
सो अवसरमा ग्राहकहरुले नेपालभर रहेका टाटा मोटर्सको शो रुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ । एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप Iphone 16 जित्ने अवसर समेत पाउनेछन् ।
पाँच दिनसम्म चल्ने यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक शो रूमहरूमा यो कार्यक्रम लागू हुनेछ ।
सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ, “७.७ डिल्स लाइक नेभर विफोर” लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो ।
इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस