काठमाडौं । ओमोडा एन्ड जेइकोका नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा ‘मनसुन चेक-अप क्याम्प’ सञ्चालन गर्ने भएको छ ।
असार २५ देखि २७ गतेसम्म सञ्चालन हुने क्याम्पमा ग्राहकले मनसुनको मौसमका लागि गाडी तयार पार्न विभिन्न सेवा र छुटको सुविधा लिन सक्नेछन् ।
कम्पनीका अनुसार ब्रेक प्याड र सर्भिसिङमा शतप्रतिशत लेबर चार्ज छुट, टप वासमा शतप्रतिशत छुट, सस्पेन्सन पार्ट्स रिप्लेसमेन्टमा ५० प्रतिशत छुट, साथै बडी सप जब र स्पेयर पार्ट्समा १० प्रतिशत छुट उपलब्ध हुनेछ।
मनसुनका चुनौतीपूर्ण सडक र मौसमका लागि गाडीको सुरक्षा र कार्यसम्पादन सुनिश्चित गर्न क्याम्प सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यो चेक-अप क्याम्प काठमाडौंसहित देशभरका १२ ओटा आधिकारिक सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस