२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यूनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीले आज असार ३० गते सोमबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको हो ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ को यूनाइटेड अजोड इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित गरिएको छ ।

साथै सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरिएको छ ।

हाल यस कम्पनीले प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालयहरु, १५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ बीमा सेवा प्रदान गर्दै आएका छ ।

कम्पनीमा पेश हुन आएका दावीहरुलाई समयमै फरफारक गर्ने, बीमितहरुलाई छिटो छरितो रुपमा सेवा प्रदान गर्ने, कारोबारको दायरा बृद्धि गर्ने एवं व्यवसायिक दक्षता हासिल गर्नका लागि प्रविधिमा आधारित भई बीमा सेवा प्रदान गर्ने उद्देश्य अनुरुप Digital Insurance लाई विशेष प्राथमिकतामा राखी सूचना प्रविधिमा लगानी अभिबृद्धि गर्दै बीमितलाई Online Policy जारी गर्ने व्यवस्था मिलाउने कम्पनीको भावी योजना कम्पनीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ