२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ब्लु लोटस हेल्थ होम केयरको पाँचौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । नेपालमा अकुपञ्चर सेवाको संस्थागत र गुणस्तरीय विकासमा अग्रणी भूमिका खेलेको संस्था ब्लु लोटस हेल्थ होम केयर प्रालिले आफ्नो पाँचौं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ।

अध्यक्ष डा. सुरज कर्माचार्य, मेडिकल डाइरेक्टर डा. प्रसिद्ध खड्गी, तथा प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीको उपस्थितिमा सम्पन्न भएको समारोहमा विभिन्न शाखाबाट आएका चिकित्सक, प्रशासनिक अधिकृतहरू तथा कर्मचारीहरू तथा संस्थाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले “नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा सम्पूर्ण नागरिकसम्म सहज पहुँच होस्” भन्ने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको उल्लेख गरे । उनले आजको दिनसम्म आइपुग्दा आफ्नो कल्पना भन्दा धेरै बिरामीहरूको माया, प्रेम र सद्भाव प्राप्त भएकोमा गहिरो खुसी व्यक्त व्यक्त गरे ।

समारोहमा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीले गहिरो भावनात्मक शैलीमा संस्थाको संघर्ष, वर्तमान सफलता र भविष्यको लक्ष्यबारे स्पष्ट धारणा व्यक्त गरे । कार्यक्रममा उनले सबै कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै भने, "ब्लु लोटसको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति तपाईंहरू (कर्मचारीहरू) नै हुनुहुन्छ। तपाईंहरूको निष्ठा, परिश्रम र समर्पणले आजको यो संस्था निर्माण गरेको हो।"

त्यस्तै, मेडिकल डाइरेक्टर डा. प्रसिद्ध खड्गीले भने, " प्रारम्भिक चुनौतीहरूका बाबजुद, बिरामी केन्द्रित सेवा र समर्पित टिमको सहकार्यले आज यो संस्था यति उचाइमा पुगेको छ ।" आगामी दिनहरूमा अझ आधुनिक विधिहरू र प्रविधि थप्दै बिरामीहरूको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता प्रतिबद्धता व्यक्त गरे ।

अकुपञ्चर क्षेत्रमा योगदान पुर्‍याउने चिकित्सकहरू डा. प्रशन्न तिवारी, डा. ईश्वर ज्ञवाली, डा. नरेन्द्र लामिछाने तथा नियमित पाँच वर्षसम्म कार्य गरिसकेका र संस्थामा समर्पित कर्मचारीहरूलाई कदरपत्र वितरण गरिएको थियो। त्यसैगरी, वर्षको सर्वोत्कृष्ट कर्मचारीको रूपमा सुजला कार्की सम्मानित भइन्।

कार्यक्रममा साङ्गीतिक प्रस्तुति, साँस्कृतिक नृत्य, केक काट्ने, क्विज र खेलजस्ता बौद्धिक कार्यक्रमहरूले समारोहलाई थप सुशोभित बनाएको थियो।

नेपालको पहिलो र एकमात्र अकुपञ्चर अस्पताल ब्लु लोटस अस्पतालको पहिलो सिस्टर अर्गनाइजेशनका रूपमा ब्लु लोटस हेल्थ होम केयर प्रालि २०७७ साल श्रावण ११ गते स्थापना भएको हो।

हेल्थ होमले विशेषगरी हड्डी खिइएको, नसा च्यापिएको, ढाड, कम्मर, गर्दन दुख्ने, हातखुट्टा झमझमाउने, पोल्ने, सिल्ला हान्ने, गल्ने, जोर्नी दुख्ने, माइग्रेन तथा टाउको दुख्ने लगायतका सयौँ प्रकारका रोगहरूको अकुपञ्चर तथा फिजियोथेरापीका विशेषज्ञ चिकित्सकहरूमार्फत सफल उपचार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट