२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोनपे नेपालकै पहिलो पीसीआई डीएसएस प्रमाणित पीएसओ बन्न सफल

आइतवार , श्रावण २५, २०८२

ललितपुर : नेपालकै अग्रणी भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपे ले विश्वप्रसिद्ध भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड Payment Card Industry Data Security Standard (पीसीआई डीएसएस) को v4.0.1 लेभल १ सर्टिफिकेसन प्राप्त गरेको घोषणा गरेको छ।

यो गौरवपूर्ण प्रमाणपत्रले फोनपेले आफ्नो नेटवर्कमार्फत हुने सम्पूर्ण कारोबारहरूमा उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्न गरेको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्थाहरू, र नियामक निकायहरूको विश्वासलाई थप मजबुत बनाएको छ।

पीसीआई डीएसएस लेभल १ भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्नका लागि गम्भीर प्राविधिक संरचना, नीतिहरू र निगरानी प्रणाली आवश्यक हुन्छ। फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राख्न र सुरक्षा पूर्वाधार बलियो बनाउन गरेको लगानी र प्रतिबद्धतालाई दर्शाउँछ।

"सुरक्षा कुनै एकपटक हासिल हुने लक्ष्य होइन, यो निरन्तर गरिने प्रयास हो," फोनपेका मुख्य सञ्चालन अधिकृत पारश कुँवरले भने। "पीसीआई डीएसएस लेभल १ प्रमाणपत्र प्राप्त गर्नु भनेको डाटा सुरक्षालाई प्राथमिकतामा राख्दै, बलियो पेमेन्ट इकोसिस्टम निर्माण गर्न हाम्रो संयुक्त प्रयासको मान्यता हो। यस प्रमाणपत्रले फोनपे पेमेन्ट नेटवर्कमाथि रहेका हाम्रा साझेदार बैंक तथा वित्तीय संस्था, इवालेटहरू तथा सम्पूर्ण ग्राहक वर्गको डाटा सुरक्षामाथिको विश्वासनीयता थप सुदृढ गर्न मद्दत गर्नेछ।"

यो प्रमाणपत्र एक स्वतन्त्र र विस्तृत मूल्याङ्कनपछि प्रदान गरिएको हो जुन पीसीआई डीएसएस sanstha dara certified Qualified Security Assessor (QSA) द्वारा सम्पन्न गरिएको थियो। मूल्याङ्कनमा डेटा सुरक्षा, सुरक्षित नेटवर्क संरचना, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, र निरन्तर निगरानीलगायत १२ प्रमुख सुरक्षा क्षेत्रहरू समेटिएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट