२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

समिप आचार्यको शब्द तथा संगीतमा “भो यो माया” सार्वजनिक

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ । समिप आचार्यको शब्द तथा संगीतमा तयार पारिएको गीत “भो यो माया” सार्वजनिक गरिएको छ।

गीतमा गायक नारायण सुवेदी ‘आभास’ को सुमधुर स्वर सुन्न पाइन्छ, जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ । गीत “भो यो माया” ले नेपाली संगीतमा आधुनिकता र परम्पराको समायोजन गर्दै नयाँ स्वाद ल्याएको छ। सर्जक समिप आचार्यको सिर्जनामा समेटिएको सरल तर गहिरो भावले गीतलाई गहन बनाएको छ। गायक नारायण सुवेदीको सुमधुर स्वर र मौलिक संगीत संयोजनले यो सिर्जनालाई आम श्रोतामाझ लोकप्रिय बनाउने विश्वास गरिएको छ ।

गीतको एरेञ्ज उदय राज पौडेलले गरेका हुन् भने मिक्सिङ र मास्टरिङको काम किशोर थापाले सम्हालेका छन्। म–बीट स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मोनीश चाम्लिङ हुन्। नेपाली मौलिक वाद्यबाधनलाईको उत्कृष्ट संयोजन गीतमा सुन्न सकिन्छ । सारंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीके को विशेष योगदान रहेको छ।

कर्ण बहादुर खड्काको छायाँकन, सुन्दर क्षेत्रीको सम्पादन तथा मिना बुढाथोकी सावित्रीको निर्देशन मा भिडियो लाई तयार गरएको हो । गीतसँगै सार्वजनिक भएको म्युजिक भिडियोमा कलाकार किरण तामाङ र ललिता थापाको अभिनय देख्न सकिन्छ ।

भिडियोमा उनीहरूले प्रेम र पीडाको कथा मार्मिक ढंगले प्रस्तुत गरेका छन्। सशक्त अभिनय, आकर्षक छायांकन र भावनासँग मेल खाने सम्पादनले भिडियोको स्तर उच्च बनाएको छ।

https://youtu.be/-zloLVd7qFs

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ