काठमाडौं । नेपालमा पहिलो पटक, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा “बिजनेस ब्लुप्रिन्ट नेपाल” आयोजना हुँदैछ। उक्त कार्यक्रमको मुख्य प्रायोजकको रूपमा नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट आवद्ध भएको छ।
यो सेमिनार २०७५ साल भदौ १२ गते (२८ अगस्ट २०२५), बिहीबार, होटल मेरियट, नक्साल, काठमाडौंमा बिहान १०:३० बजे देखि अपरान्ह ५:०० बजे सम्म हुनेछ।
शिवम् सिमेन्ट, आफ्नो नवीन, अद्वितीय र इनोभेटिभ कार्यक्रमहरूका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचान बनाउन सफल भएको ब्रान्ड हो। विज्ञापन मात्र नभई, शिवम् सन्देश, नो कम्प्रमाइज जस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पु-याउँदै शिवम् सिमेन्टले आफ्नो ग्राहकहरु माझ छुट्टै पहिचान बनाउन सफल भएको छ।
साथै, शिवम् सिमेन्टले विभिन्न महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउँदै आफ्नो ब्रान्ड भ्यालुलाई थप सुदृढ बनाउँदै आएको छ। यसैक्रममा, मेगा बिजनेस सेमिनारमा सहकार्य गर्दै डा. उज्ज्वल पाटनी जस्तो विश्वस्तरका मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीहरूलाई व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन्।
डा. उज्ज्वल पाटनीसँग ३ वटा गिनिज वर्ल्ड रेकर्ड, १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, Top 10 Thinker 2014 र भारतको सर्वश्रेष्ठ कर्पोरेट प्रशिक्षक जस्ता प्रतिष्ठित सम्मानहरू छन्।
उनको डिजिटल शो “उज्ज्वल पटनी शो” हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशहरूमा हेर्दै आएका छन्। उनका कार्यक्रमहरू व्यापार गुरुकुल, VIP र व्यापार लेखा परीक्षामार्फत १०,००० भन्दा बढी व्यवसायीहरूले रूपान्तरण पाएका छन्।
साथै, उनका ७ पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् र विश्वभर २८ देशहरूमा १० लाख भन्दा बढी प्रति बिक्री भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस