२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पंकज पौडेलको मौलिक तिज गीत ‘साईलो दाई’ बजारमा

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । नेपालीहरुको रमाईलो पर्वको रुपमा रहेको हरितालिका तिज नजिकिँदै गर्दा सर्जक पंकज पौडेलले मौलिक तिजको गीत ‘साईलो दाई’ बजारमा ल्याएका छन् ।

पौडेलले आफ्नो युट्युब च्यानल ‘पंकज पौडेल’ मार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । ‘मनमा पिर नहुने को होला र साँईलो दाई’ यो गीत टिकटकमा भाईरल बन्दै गएको छ ।

गायक विक्रम पौडेल र अस्मिता डल्लाकोटीको आवाज रहेको उक्त गीतका शब्द विक्रम पौडेलको रहेको छ । त्यस्तै संगीत पंकज पौडेल र महेन्द्र भण्डारीको रहेको छ ।

गीतको एरेन्ज महेन्द्र भण्डारी र रेकडिङ्ग सागर पराजुली र गोविन्द पराजुलीले गरेका छन् ।

म्युजिक भिडियोमा चर्चित मोडल लोमश शर्मा र विना राउतले अभिनय रहेका छन । गीतको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

तीज नजिकिँदै गर्दा बजारमा आएको उक्त गीतले आगामी तीजमा तहल्का पिट्ने अनुमान गरिएको छ । दर्शकहरुले युट्युब च्यानलको कमेन्ट बक्स तथा सामाजिक सञ्जालमा सेयर गरेर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

https://youtu.be/-fvcYACoetU?si=Q_aCoLuHFUpxRpbQ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ