२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा आयोजित ‘प्रेसिडेन्सियल इन्नोभिस्टा-२०२५’ टेक तथा बिजनेस कार्निभल आइतबार सम्पन्न भएको छ । बीएससी आइटी अध्ययनरत करिब १७० विद्यार्थीका ५० प्राविधिक तथा व्यावसायिक सम्भावना बोकेका प्रोजेक्टहरू प्रदर्शनी गरिएको थियो ।

अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलद्वारा आयोजित प्रदर्शनीमा एआई, साइबर सुरक्षा, सफ्टवेयर तथा वेब डेभलपमेन्ट, मेशिन लर्निङ, रोबोटिक्स, मल्टिमिडिया तथा आइओटी प्रोजेक्टहरू सोकेस गरिएका थिए । स्वास्थ्य, पर्यटन, वित्त, कृषि, सुरक्षा र मनोरञ्जनजस्ता क्षेत्रमा केन्द्रित नवीनतम अवधारणा भएका मोडलहरूले सहभागी र अवलोकनकर्ताको चासो बढाएका थिए ।

दुई दिन चलेको प्रदर्शनीको उद्घाटन विद्यार्थीले तयार पारेको मोबाइल एपमार्फत इलेक्ट्रिक दियो बालेर गरिएको थियो। प्रदर्शनीमा ‘स्मार्ट हेल्मेट’, ‘स्मार्ट मिरर’, ‘स्मार्ट सिँचाइ प्रणाली’, स्वास्थ्य प्रेडिक्सन एआई सिस्टम, सेनिटरी प्याड भेन्डिङ मेसिन, फुटबल खेल्ने रोबोट, ड्रोन डेलिभरी सिस्टमदेखि सेयर बजार पूर्वानुमान सफ्टवेयर, साइबर सुरक्षा प्रणाली, मोवाईल गेमसम्मका विविध प्रोजेक्टले स्थान पाएका थिए ।

स्वास्थ्य मन्त्री प्रदिप पौडेल, पूर्व शिक्षा मन्त्रीहरू डा. गंगालाल तुलाधर र शिशिर खनाल, पूव मन्त्री डा. वेदुराम भुसाल, पूर्व मन्त्री तथा नेपाली काँग्रेसमा महामन्त्री गगन थापा, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बरबहादुर थापा, सांसद तथा नेपाली काँग्रेस नेता डा. चन्द्र भण्डारी पूर्व राजदुत प्रमेश हमाल, राष्ट्रिय खेलाडीहरू, कलाकारहरू, विभिन्न सेलिव्रेटीहरू, कर्पोरेट लिडरहरू, प्राध्यापकहरू लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले प्रदर्शनी अवलोकन गरी विद्यार्थीको सिर्जनात्मकता र क्षमता प्रशंसा गरेका थिए।

आयोजकका अनुसार आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिँदै लगानीकर्तासम्म विद्यार्थीका प्रोजेक्ट पुर्‍याउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट