काठमाडौं । एक सामान्य मोबाइलको सानो स्क्रिनभित्र सीमित देखिएको सपना, अब विशाल पर्दामा रंगिन लागेको छ। टिकटकमा साधारण भिडियोहरू बनाउँदै लाखौं दर्शकको मन जितेका अचल शाही ठकुरीले आफ्नो पहिलो मौलिक म्युजिक भिडियो ‘सप्तरंगी’ को टिजर हिजो सार्वजनिक गरेका हुन्।
अचलको यात्रा सहज थिएन। मोबाइलको साधारण क्यामेराबाट सुरु भएको बाटो निरन्तरता, अथक मेहनत र साहसको साथ अघि बढ्दै अन्ततः युट्युबको स्क्रिनसम्म पुगेको हो।
“सपना देख्नु सजिलो छ, पुरा गर्न साहस चाहिन्छ,” अचल भन्छन्, “सप्तरंगी मेरो साहसको स्वर हो।”
पूर्ण म्युजिक भिडियो श्रावण ३१ गते युट्युबमा रिलिज हुँदैछ। यो गीत युवापुस्तालाई आफ्नो सपना पूरा गर्न अडिग रहन र कठिनाइलाई चुनौती दिन प्रेरणा दिने विश्वास गरिएको छ।
https://youtu.be/Iix6erHMPEk
प्रतिक्रिया दिनुहोस