२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौंमा ‘सप्तरंगी’ को ग्रान्ड प्रिमियर : ताली, आँसु र उत्साहले भरिएको साँझ

आइतवार , भाद्र १, २०८२

काठमाडौं । मोबाइलको सानो स्क्रिनबाट सुरु भएको सपना हिजो काठमाडौंमा विशाल पर्दामा उज्यालियो। कलाकार अचल शाही ठकुरीको पहिलो मौलिक म्युजिक भिडियो ‘सप्तरंगी’ को ग्रान्ड प्रिमियर भव्य भीडबीच सम्पन्न भयो।

कार्यक्रममा विद्यार्थी, कलाकार, शुभेच्छुक र साथी भाइहरूको अविश्वसनीय उपस्थितिले माहोललाई उत्सवमय बनायो। हल खचाखच भरिएको थियो, र गीत सुरु भएको क्षणदेखि अन्तिम दृश्यसम्म दर्शकहरू पूर्ण रूपमा तल्लीन देखिन्थे। भिडियो समाप्त भएपछि गुन्जिएका ताली, आँसु र हर्षध्वनीले त्यो साँझलाई ऐतिहासिक बनायो।

‘सप्तरंगी’ केवल एउटा गीत मात्र होइन यो अचलको संघर्ष, निरन्तरता र साहसको जीवन्त कथा हो। मोबाइलको सामान्य क्यामेराबाट सुरु भएको उनको यात्रा निरन्तर मेहनत र दृढतामार्फत युट्युबको विशाल पर्दासम्म पुगेको छ। गीतले धेरैलाई आफ्नै जीवनसँग जोडेर भावुक बनायो।

हालै सार्वजनिक भएको यो गीत युट्युबमा उपलब्ध छ र छोटो समयमा नै हजारौँ दर्शकको हृदय छोइरहेको छ।

https://youtu.be/HiqwhGEe4j0

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ